CLI

मन्त्रीपरिषद्‍द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

काठमाडौं । मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुहुने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिले सोमबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलले भने , “नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।”

Leave Your Comment

Related News