सेयर बजार हरियो भयो, देशको पूरै बजार चलायमान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आउने वित्तिकै सेयर बजार हरियो भएको बचाउँदै अब देशभरका बजार चलायमान हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणको रूपमा सेयर बजार रहेको बताए ।

‘हाम्रो कार्य योजना प्रारम्भ हुनासाथ उत्साहको शृङ्खला प्रारम्भ भएको छ । अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी संलग्न शेयर बजार पछिल्लो २ सातामा ४ सय अङ्कले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्र होइन देशको पूरै बजार चलायमान हुनेछ ,’ उनले भने ।

उनले सिङ्गो देशलाई चलायमान बनाउने अनुभव बोकेको बताउँदै २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गर्ने काम गरेको अनुभव रहेको दाबी गरे ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार