काठमाडौं । सरकारले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बजार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र क्लियरिङ प्रणालीको पुनःसंरचना गरिने उल्लेख गरिएको छ।
संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्दै पेन्सन कोष, बिमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीको लगानी आकर्षित गरिने सरकारको योजना रहेको छ।
रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन्।


