CLI

सरकारको सडक बालबालिकामुक्त नेपाल बनाउने लक्ष्य

काठमाडौं । सरकारले शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सबै समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा योग्यतामा आधारित छात्रवृत्ति सञ्चालन गरिने तथा छात्रवृत्ति रकम डिजिटल माध्यमबाट सिधै बैंक खातामा उपलब्ध गराइने उल्लेख गरिएको छ । विद्यालय तहदेखि नै प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने पनि सरकारले जनाएको छ ।

त्यसैगरी सामाजिक पुनःएकीकरणका कार्यक्रम सञ्चालन गरिने तथा आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने लक्ष सरकारले लिएकाे छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Leave Your Comment

Related News