काठमाडौं । सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ नीतिको कानुनी व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था लागू गरिने बताएका हुन्। उनले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गरिने उल्लेख गरे।
नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न रिमोट वर्क प्रणालीलाई व्यवस्थित गरिने


