काठमाडौं । सरकारले सबै स्थानीय तहलाई १२ महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यस्तो व्यवस्था कार्यान्वयन गरिने बताएका हुन्।
सरकारले हुलाकी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग तथा उत्तर–दक्षिण सडक सञ्जालको विस्तारलाई तीव्र बनाउने नीति लिएको छ। साथै काठमाडौं–तराई/मधेस फास्ट ट्रयाकको निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


