CLI

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ । आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

मधेस प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट विसं २०८३ जेठ १ गते शुक्रबार दिनको ११ः०० बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरेको व्यहोरा उल्लेख छ ।

Leave Your Comment

Related News