CLI

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने समय थप

काठमाडौं ।  सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजनाको इकाई खरिदका लागि अब जेठ ७ गतेसम्म आवेदन दिन सकिनेछ। सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।

मागभन्दा बढी आवेदन परेमा जुनसुकै बेला सूचना प्रकाशित गरी क्यापिटलले निष्काशन बन्द गर्न सक्नेछ । सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड १० वर्षे योजना हो।

निष्काशन गरिएकाे कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो फण्डको इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्। उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

 

Leave Your Comment

Related News