CLI
Global College

नेको इन्स्योरेन्सको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्म १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ।

चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले १ अर्ब २२ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.०७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.७४ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ रहेको छ।

 

Leave Your Comment

Related News