CLI

पाल्पा सिमेन्टले जेठ १९ गते बोलायो साधारण सभा

काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रीजले जेठ १९ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल महामय क्राउन सुनबल, नवलपरासीमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

कम्पनीले अन्य कुनै फर्म वा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । सर्वसाधारणको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने एक जना सहित चार जना सञ्चालकहरुको निर्वाचन तय भएको सभाले स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन पनि गर्नेछ ।

चुक्तापूँजी तथा सञ्चित मुनाफाबो कुल रकम भन्दा बढी रकम ऋण लिने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै कम्पनीको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Leave Your Comment

Related News