CLI

सरकारलाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकरालाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा सरकारको संवादहीन शैलीका कारण सरकारलाई फेसबुमा खोज्नुपर्ने दुभार्गग्य हाम्रा लागि त्यति सुखद नलागेको बताए ।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसदलाई नसुनेको कारणले गर्दा आज संसदमा उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको बताए ।

‘जेन-जी विद्रोहको विरासतमा निर्वाचन जितेर बनेको सरकारको करिब ४५ दिनको शासन अनुभव गर्न पाएका छौं । बालेन्द्र शाह र उहाँको सरकारलाई हामीले खुल्ला मनले बधाई शुभकामना र शुभेच्छासहित सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता पनि यसै सदनबाट व्यक्त गरेको स्मरण गराउन चाहन्छौं ,’ आङ्देम्बेले भने,‘ हाम्रा यी सद्भावनाहरु संसदको ऐतिहासिक अभिलेखमा पक्कै सुरक्षित होलान् । अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ । नसुनिने संवादहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहस शैली अनुकूल देखिएन । सरकारलाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागेको छैन ।’

उनले प्रधानमन्त्री शाहले संसदमा सम्बोधन नगर्ने र जवाफ नदिने प्रवत्तिलाई लिएर चिन्ता व्यक्त गरेका हुन् । आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममा संसदमा पेश हुँदा प्रधानमन्त्री शाह बीचमा उठेर गएको प्रति दुःख व्यक्त गरे ।

‘ आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर ञगिनिज बुकझ मा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु: ख व्यक्त गरौं, सभामुख महोदय  ,’ उनले भने,‘   सामाजिक संजालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न – यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला , त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परिक्षण गरेर संसदलाइ जानकारी गराइयोस् !,’

Leave Your Comment

Related News