काठमाडौं । वर्षापछिको बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्।
बाढी-पहिरोको कारण मंगलबार दिउँसोदेखि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यसैगरी हिल्सा-सिमकोट सडक पनि पहिरोको कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी भोजपुरमा मध्यपहाडी, संखुवासभामा कोसी र म्याग्दीमा बेनी-जोमसोम सडक बाढी पहिरोको कारण अहिले एकतर्फी भएका छन्।



