काठमाडौं । मंगलबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ३९.४४ अंकले घटेको छ । बजार २७४४.४० विन्दुमा पुगेरा बन्दा भएको छ । ३३८ वटा कम्पनीको ६२ हाजर ५१२ पटक्को कारोबार १ करोड ६ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।यो रकम सोमबारको तुलनामा बढी हो । सोमबार कारोबार रकम ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ५.१५ अकं, फ्लोट इण्डेक्स २.५५ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.८९ अंकले घटेको छ ।
यस दिन १२ वटा उप घटेका छन् र १ उप समूह बढेका छन् । बैंकिङ ०.८३ प्रतिशत,विकास बैंक १.३७, वित्त २.०३, होटल्स तथा पर्यटन समूह २.०२, जलविद्युत २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन र प्रशोधन १.३०, लघुवित्त ०.७७, निर्जीवन बीमा १.४९, अन्य समूह १.४९ र व्यापार समूह २.३३ प्रतशतले घटेका छन् । म्युअुचल फण्ड ०.१९ प्रतिशतले बढेका छन्।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशतले बढेको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ।


