नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी दिएको हो ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ७ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र साउन ७ गतेदेखि साउन १४ गतेसम्म पेस गर्नुपर्ने लगानी कोषले जनाएको छ ।

इच्छुकहरुले एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं शाखा कार्यालयहरु विराटनगर, मोरङ आदर्शनगर, वीरगन्ज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा बोलपत्र आवेदन फाराम बुझाउन सकिने लगानी कोषले जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार