CLI

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सुधार

काठमाडौं । विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.०७ अंकले घटेको छ । बजार २७३०.१७ विन्दुमा पुगेर बन्द भएको छ । ३३७ वटा कम्पनीको ४६ हजार ४०२ पटक्को कारोबार ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ३ अर्ब ३९ करोड ३ लाख रुपैयाँ पुगेको छ ।यो रकम बुधबारको तुलनामा ४८ करोड २८ लाख रुपैयाँले बढी हो । बुधबार कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ०.३४ अकं, फ्लोट इण्डेक्स ०.५८ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.१३ अंकले घटेको छ  ।

यस दिन १० वटा उप समूह घटेका छन् र ३ उप समूह बढेका छन् । बैंकिङ ०.०६ प्रतिशत,विकास बैंक ०.५३, वित्त ०.७२, होटल्स तथा पर्यटन समूह ०.३०, जलविद्युत ०.२५, लगानी ०.२६, उत्पादन र प्रशोधन ०.५२, लघुवित्त ०.२१, निर्जीवन बीमा ०.५१ र  अन्य समूह २.०० प्रतशतले घटेका छन् । जीवन बीमा ०.०१, म्युअुचल फण्ड ०.०८ र व्यापार समूह ०.३२  प्रतिशतले बढेका छन्।

यस दिन यूनियन हाइड्रोपावरको  सेयरमूल्य ९.७९ प्रतिशत बढेको छ। त्यस्तै,  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै,  साहस उर्जाको १८ करोड ७७ लाख रुपैयाँ, र एसवाई प्यानल नेपालको  १८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News