काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ४ हजार रूपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ५०० रुपैयाँ थियो । चाँदीको भाउ तोलाको ३३५ रूपैयाँले घटेर ५ हजार ३९० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको भाउ घट्यो, शुक्रबार कतिमा हुँदैछ किनबेच ?


