काठमाडौं ।बाढीको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ।
त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा-सिमकोट सडक पनि बन्द भएको छ।
उता बाढी पहिरोको कारण भोजपुरमा मध्यपहाडी राजमार्ग र म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी गाडी चलेका छन्।



