CLI

सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ४ हजार ५ सय रुपेयाँले घटेको छ ।

बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपेयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ३३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ६० रुपेयाँ थियो ।

Leave Your Comment

Related News