काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. सवर्णिम वाग्लेले आर्थिक बर्ष २०८३\०८४ को लागि संसदमा पेश गरेको बजेटका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ । विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।


