CLI

१ अंकले घट्यो नेप्से, २ अर्ब ४५ करोडमा सीमित कारोबार रकम

काठमाडौं । शेयर बजार खुलेको पहिलो दिन सोमबार एक अंकले घटेको छ । सोमबार १.०३ अंकले घटेर नेप्से परिसूचक २७३०.९१ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.५० अंकले बढेर ४६८.०५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१८ अंकले घटेको हो ।

सोमबार ३३९ वटा कम्पनीको ४३ हजार ३०९ पटक धितोपत्र कारोबार हुँदा ५८ लाख २८ हजार ६०४ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब ४५ करोड ८७ लाख पुगेको छ । जुन शुक्रबारको तुलनामा ६४ करोड ६७ लाखले कम हो । शुक्रबार ३ अर्ब ९ करोड ७५ लाख कारोबार रकम रहेको थियो ।

यसदिन १३ उपसमूह मध्ये ५ बढेको छ भने ८ घटेको छ । बैंकिङ २, विकास बैंक २, जलविद्युत ६, लगानी ०.१० र अन्य समूह ६ अंकले बढ्दा वित्त ०.४२, होटल र पर्यटन १९, जीवन बीमा ९, उत्पादन र प्रशोधन ६६, लघुवित्त १२, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ७५ र व्यापार १८ अंकले अंकले घटेको छ ।

सोमबार ११९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा इङवा हाइड्रोपावर, बुगंल हाइड्रोपवार र सगरमाथा जलविद्युत कम्पनी बन्दा सर्वाधिक गुमाउनेमा निफ्रा उर्जापत्र, एसवाइ प्यानल र पाल्पा सिमेन्ट बन्यो ।

Leave Your Comment

Related News