CLI

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार ठाकुरलाई  प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय  ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

Leave Your Comment

Related News