काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
संसदीय सुनुवाइ समितिले मंगलबार शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले जानकारी दिए। समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।
सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।



