काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको शपथ साँझ ६:१० बजे हुने भएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । एकैदिनमा सुनुवाइ सकेर शर्माको शपथ तय गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष साँझ ६:१० मा शपथ लिएपछि शर्माले आजै प्रधानन्यायाधीशमा पदभार ग्रहण पनि गर्ने भएका छन् ।
प्रधानन्यायाधीशको शपथ ६:१० बजे, आजै पदभार ग्रहण



