काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
रिक्त रहेका तथा माथिल्लो पदमा बढुवा नियुक्ति भएपछि रिक्त हुन आउने पदहरूमा ज्येष्ठता कायम हुने गरी यो सिफारिस गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३८ को उपनियम (३) बमोजिम यो सूचना प्रकाशित गरिएको सशस्त्र प्रहरी जनाएको छ।
बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।




