CLI

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि प्रतिनिधि सभा नियमावली को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को नियम पालना गराउनु भयो भनेर प्रश्न गरे ।

Leave Your Comment

Related News