CLI

प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि हुनुपर्ने औँल्याएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिबद्ध रहेको बताए। मन्त्री तिमिल्सिनाले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकारका पूर्ण प्रतिबद्ध छ।’

संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार कसैले खोस्न नसक्ने उनको भनाइ थियो। ‘यो सरकारको कोही व्यक्तिले दिएको अधिकार होइन, संविधानले दिएको अधिकार हो, यो अधिकार सुरक्षित छ,’ उनले भने।

उनले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि हुनुपर्नेमा जोड दिए। मन्त्री तिमिल्सिनाले भने, ‘प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ।’

कानुनको परिधिभित्र रहेर पत्रकारिताको ओज र गरिमालाई ख्याल गरेर काम गर्दा सरकारले केही गर्न नसक्ने उनको भनाइ थियो। ‘ढुक्क भएर पत्रकार मित्रहरूले आफ्नो संवैधानिक अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नका लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

Leave Your Comment

Related News