काठमाडौं । बुधबार शेयर बजार बढेको छ । बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स ३.६८, फोल्ट इन्डेक्स १.९१ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.२९ अंकले बढेको हो ।
यसदिन ३४६ वटा कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ७३ करोड ३१ लाखले कमी ओ । मंगलबार ३ अर्ब ८ करोड ७७ लाखको कारोबार भएको थियो ।
बुधबार १३ वटा उप समूहमध्ये सबै उप समूह बढेको छ । बैंकिङ ११, विकास बैंक २६, वित्त ३३, होटल र पर्यटन १४७, जलविद्युत ७२, लगानी १, जीवन बीमा १२१, उत्पादन र प्रशोधन १२८, लघुवित्त ३० , म्युअुचयल फण्ड ०.१७, निर्जीवन बीमा ४८, व्यापार ५६ अंकले बढेको हो ।
यसदिन सर्वाधिक कमाउनेमा कर्पोरेट विकास बैंक, अरुण खोला जलविद्यु रह्यो । कर्पोरेट विकास बैंकको १ हजार ९९५ कित्ता र अरुण खोलाो जलविद्यतको ३६८ हजार कित्ता शेयर खरिद बिक्री भयो । सर्वाधिक गुमाउनेमा प्रभु स्मार्ट फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड बन्यो ।


