CLI

रुबी खानले २३ औं दिनमा तोडिन् अनशन

काठमाडौं । विगत २३ दिनदेखि अनशनरत रुबी खानले सरकारसँग ५ बुँदे सहमति पछि अनशन तोडेकी छिन् ।

५ बुँदे सहमतिमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने , अनशनरत रुबी खानले उठाउनु भएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानविन गरी, त्यसमा कमी – कमजोरी पाइएमा प्रहरी कर्मचारीउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने रहेको छ ।

साथै अनशनरत रुबी खान विरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ’सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धान तत्कालै टुङ्ग्याउन निर्देशन दिने । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख, प्रहरी उपरीक्षक लगायत कर्मचारीहरूको भूमिका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानविन गरी कमि कमजोरी पाइएमा कारवाही गर्ने , ल्लिखित विषयहरूलाई लिएर अनशनरत रुवी खान र महिला अधिकारकर्मीहरूलाई सुरक्षा दिने व्यवस्था मिलाउन बाँके स्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने रहेको छ । र अन्तिम बुँदामा यो सहमतिसँगै अनशनरत रुबी खानले २३ औं दिनमा अनशन तोड्ने रहेको छ ।

सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र अनशनरत रुवी खानबीच उक्त ५ बुँदे सहमति भएको हो । नेपालगन्ज स्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज प्राइभेट लिमिटेड (नेपालगन्ज हस्पिटल ) मा, बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरी माथिको अनुसन्धान लगायतका विषयहरूलाई लिएर खान अनशन बस्दै आएकी थिइन् ।

Leave Your Comment

Related News