कामना सेवाको विकास बैङ्कको करिब ६७%ले नाफा बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष (आव) २०८०\८१ मा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । बैङ्कले  आज सार्वजनिक गरेको अघिल्लो आर्थिक बर्षको  वार्षिक वित्तीय विवरणमा यस्तो देखिएको हो।

यो समीक्षा अबधिमा बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकको लाभांश वितरण क्षमता करिब ११ प्रतिशत देखिन्छ।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ । अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो।

गत आवमा बैंकको सञ्चालन मुनाफा ९७ करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६३ करोड ९१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ।

समीक्षा वर्षमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा वर्षमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो। ईपीएस ६६.९४ प्रतिशतले बढेको छ।

बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार