CLI

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका छन । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरुको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । यस अवसरमा बालबालिकाहरूले खुशी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन्।
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता

Leave Your Comment

Related News