काठमाडौं । यही जेठ १४ गते सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक दिने व्यवस्था अनुरुप मुस्लिम आयोगबाट उक्त पर्व १४ गते बिहीबार परेको जानकारी आएको भन्दै गृह मन्त्रालयले त्यस दिन बिदा हुने जनाएको छ ।
अब जेठ १४ गते, १५ , १६ र १७ गते सार्वजनिक बिदा परेको छ । १५ गते गणतन्त्र दिवस, १६ गते शनिवार र १७ गते आइतबार पनि सार्वजनिक बिदा दिने भएपछि अब ४ दिन लगाता बिदा परेको हो ।



