काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हालको मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दिगो बन्न नसकेको भन्दै सुधारसहित अघि बढाइने जानकारी दिए।
उनले गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि खर्च दाबी २५ देखि ३० अर्ब रुपैयाँसम्म पुगेको बताए। ठूलो रकमको दाबी आएपछि सरकारले समयमै भुक्तानी गर्न नसकेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले निजी अस्पतालहरूमा अनावश्यक परीक्षण तथा बीमा दाबी बढेकाले कार्यक्रमको दुरुपयोग भएको संकेत गरे। उनले स्वास्थ्य बीमालाई ‘राइट साइज’ गरेर व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए ।“स्वास्थ्य बीमामा १० अर्ब विनियोजन गर्दा खर्च २५–३० अर्ब पुगेको छ। भुक्तानी दिन सकिएको छैन।


