सौर्य एयर दुर्घटनाः मृतकको नामावली

काठमाडौं । मर्मतका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

सह चालक एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्मिन निरौला, सुदिपराज जोशी, सर्बोश मरासाइनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज खतिवडाको मृत्यु भएको छ। उद्वव पुरी, सन्तोष महत्तो, पुण्यरन्त शाही र विदेशी नागरिक अरिफ रेडाफको मृत्यु भएको छ। उनीहरु सबै सौर्य एयरका कर्मचारी हुन्।

घाइते क्यापटेन मनिश शाक्यको केएमसीमा उपचार भइरहेको छ ।

यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार