CLI

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रोपाइँको समय नजिकिएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताए । हालसम्म किसानले पर्याप्त मल नपाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे ।

सांसद सिंहले उखु किसानले चिनी मिलबाट अझै भुक्तानी नपाएको र सरकारले दिने अनुदानसमेत उपलब्ध हुन नसकेको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “उखु किसानले अहिलेसम्म चिनी मिलबाट पैसा पाउन सकेका छैनन् । सरकारले दिने अनुदान पनि उपलब्ध भएको छैन । त्यसैले उखु किसानको भुक्तानी र अनुदान चाँडै उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु । साथै, रोपाइँ सुरु हुने बेला भएकाले पर्याप्त मलको व्यवस्था पनि तत्काल गरिनुपर्छ ।”

सांसद सिंहले बागमती नदी कटानबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन र कटान नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्न पनि सरकारसँग माग गरे ।

Leave Your Comment

Related News