CLI

बजेटको मुखमा सेयर बजारमा गिरावट, के लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा हो ?

काठमाडौं । बजेटको मुखममा सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.२४ अंकले घटेको छ । बजार २७७७.१० विन्दुमा पुगेर बन्द भएको छ ।

बजेटको मुखमा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा बस्ने हुँदा कारोबार घट्ने स्टक ब्रोकर एशोसिएसशन अफ नेपालका अधिकारीहरु बताउछन् ।

बजेटमार्फत् सरकारले सेयर बजार प्रति लिने नीतिको आधारमा लगानीकर्ताहरु अघि बढ्ने हुँदा हाल कारोबार घटेको अधिकारीहरुको भनाई छ । अर्कोतर्फ पुँजीगत लाभकरको विषयमा समेत द्धविधा रहेको कारण लगानीकर्ताहरु ढुक्क हुन सक्ने अवस्था छैन । सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्दैछ ।

सोमबार ३४२ वटा कम्पनीको ५२ हजार ७५१ पटक्को कारोबार हुँदा १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ४ अर्ब ८५ करोड ५४ लाख ४४ हजार रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ५ अर्ब ५० करोड १० लाख कम हो । सोमबार ५ अर्ब ९८ करोड ६४ लाखको कारोबार भएको थियो ।

सेन्सेटिभ इण्डेक्स १.४५ अकं, फ्लोट इण्डेक्स ०.६९ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.५१ अंकले घटेको छ ।
यस दिन २ उप समूह बढेका छन् भने ११ उप समूह घटेको छ। निर्जीवन बीमा ०.२५ र म्युअुचल फण्ड ०.३५ प्रतिशतले बढेको छ । बैंकिङ ०.२४ प्रतिशतले,विकास बैंक ०.४८, वित्त ०.४४, होटल्स तथा पर्यटन समूह ०.०५, जलविद्युत ०.३८, लगानी ०.६९, जीवन बीमा ०.५३, उत्पादन र प्रशोधन ०.४७, लघुवित्त ०.५६, अन्य समूह ०.०६ र व्यापार समूह ०.१२ प्रतिशतले घटेको छ ।

यस दिन कालिन्चोक हाइड्रोपावरको सेयरमूल्य ९.२३ प्रतिशत बढेको छ। त्यस्तै, कुथेली ब्रुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य ५.८६ प्रतिशत बढेको छ भने त्रिशुली जलविद्यतु कम्पनीको ५.८६ र सीर्जनशील लघुवित्तको ५.६५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, रिडी पावर कम्पनीको १६ करोड ५९ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने साहस उर्जाको १४ करोड १६ लाख ६२ हजार बराबर कारोबार भएको छ ।

Leave Your Comment

Related News