यो वर्ष ३ अर्ब ९९ करोड प्रदुषण कर उठाउने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रदुषण कर वापत् ३ अर्ब ९९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयका अनुसार प्रदुषण कर अन्तर्गत वर्तमान स्रोत अर्थात् हिजोका दिनमा प्रयोग गरिएको स्रोतबाट ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ३१ करोड ७३ लाख रुपैयाँ गरी कुल ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको हो । वर्तमान स्रोतबाट अन्य राजस्व संकलन शीर्षक अन्तर्गत प्रदुषण नियन्त्रण र अन्य विभिन्न शीर्षकमा राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पेट्रोलियम पदार्थको प्रयोग तथा सवारी साधनले प्रदुषण गर्ने भन्दै सवारी साधनधनी मार्फत् प्रदुषण नियन्त्रण शुल्क उठाउने गरेको पाइन्छ ।

आर्थिक वर्ष २०७९÷८० मा प्रदुषण करवापत् ३ अर्ब ९ करोड ८८ लाख रुपैयाँ संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको लक्ष्य राखिएको थियो , जुन संशोधित लक्ष्य हो । सरकारले प्रदुषण नियन्त्रण गर्नका लागि उक्त कर उठाउदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । वातावरण स्वच्छ राख्नको लागि सरकारले विशेष गरी पेट्रोलियम पदार्थमा कर लगाउदै आएको छ जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी तिनुपर्ने मार उपभोक्तालाई रहेको छ । अर्कोतर्फ सरकारले पुराना सवारी साधनहरुको सञ्चालनमा रोक नलगाउदा वातावरण प्रदुषणमा समस्या हुने गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार