काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ थियो ।
यता, चाँदी भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँ, कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।


