CLI

नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणमा पुनर्संरचना गरिने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले विनिवेशमार्फत सार्वजनिक संस्थानहरूमा संरचनागत सुधार अघि बढाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले नेपाल टेलिकमको ठूलो हिस्सा सर्वसाधारण नेपालीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले राष्ट्रिय वाणिज्य बैंकलाई थप सुदृढ बनाउने तथा नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणमा व्यापक पुनर्संरचना गरिने बताए। “वर्षौंदेखि चर्चा मात्रै भएका तर कसैले कार्यान्वयन गर्न नसकेका सुधारका काम हामीले अघि बढाएका छौं,” अर्थमन्त्री वाग्लेले भने, “यी संस्थाहरूलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने दिशामा काम भइरहेको छ।”

उनले सार्वजनिक संस्थानको व्यवस्थापन र स्वामित्व संरचनामा सुधार गर्दै निजी क्षेत्र तथा सर्वसाधारणको सहभागिता बढाउने सरकारको नीति रहेको स्पष्ट पारे । उनका अनुसार सुधार कार्यक्रमको मुख्य उद्देश्य संस्थागत सुशासन कायम गर्नुका साथै दीर्घकालीन रूपमा संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्नु हो।

अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै व्यावसायिक र पारदर्शी ढंगले सञ्चालन गर्ने वातावरण सिर्जना गरिने बताए।

Leave Your Comment

Related News