काठमाडौं । सरकारले आर्थिक विद्येयक, २०८३ मार्फत् मदिराजन्य सामग्रीमा करदको दर तोकेको छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत् मदिरा तथा वियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरे सँगै यसको दरमा परिवर्तन हुने भएको छ ।
ह्विस्कीको हकमा हिस्कको अन्तशुल्क प्रतिलिटर कच्चा पादर्थको रुपमा प्रयोग हुने मादक द्रबहरु २३५ रुपैयाँ,४८.५ प्रतिशत अल्कोहलको मात्र भएको तयारी ह्रिस्की १ हजार ८६० रुपैयाँ प्रति एल.पि.लिटर २ हजार १८८ रुपैयाँ तोकिएको छ । हिस्की प्रतिलिटर ४२.८ प्रतिशत अल्कोहलको मात्र भएको तयारी हिस्की १ हजार ३९० रुपैयाँ र प्रति एल.पी. लिटर १ हजार ८५३ रुपैयाँ , ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी हिस्की १ हजार २९० रुपैयाँ र प्रति एल.पि.लिटर १ हजार ८४३ रुपैयाँ तोकिएको हो ।
भन्सार शुल्कको हकमा भने प्रतिलिटर हिस्कीको कच्चा पार्दथको रुपमा प्रयोग हुने मादक द्रबहरु १ हजार ५०० रुपैयाँ,४८.५ प्रतिशत अल्कोहलको मात्र भएको तयारी ह्रिस्की २ हजार रुपैयाँ र ४२.८ प्रतिशत अल्कोहलको मात्र भएको तयारी हिस्की २ हजार रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी हिस्की २ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै जीन र जनिभाको प्रतिलिटरमा कच्चा पदार्थको रुपमा प्रयोग मादक द्रबहरुको २३५ रुपैयाँ, ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी जीन र जनिभा १ हजार ८६० र प्रति एल.पि लिटर २ हजार १८८ अन्तशुल्क तोकिएको छ । जीन र जनिभामा प्रतिलिटर ४२.८ प्रतिशत अल्कोहलको मात्र भएको तयारी स्पिरिटहरु १ हजार ३९० रुपैयाँ र प्रति एल.पि.लिटर १ हजार ८५३ रुपैयाँ र ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी स्पिरिटहरु १ हजार २९० रुपैयाँ र प्रति एल.पि.लिटर १ हजार ८४३ रुपैयाँ तोकिएको छ ।
यसैगरी जीन र जनिभाको भन्सार महशुल प्रतिलिटर कच्चा पदार्थको रुपमा प्रयोग मादक द्रबहरुको १ हजार ५०० रुपैयाँ, ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी जीन र जनिभा २ हजार तोकिएको छ । जीन र जनिभाको भन्सार महशुल प्रतिलिटर ४२.८ प्रतिशत अल्कोहलको मात्र भएको तयारी जीन र जनिभाको २ हजार रुपैयाँ र ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको जीन र जनिभाको २ हजार रुपैयाँ तोकिएको हो ।
भोडका प्रतिलिटर अन्तशुल्क २३५ रुपैयाँ , ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी भोड्का १ हजार ८६० रुपैयाँ, ४२.८ प्रतिशत अल्कोलहको मात्र भएको भोड्का १ हजार ३९० रुपैयाँ तोकिएको छ । भोड्काको प्रतिलितर अन्शुल्क प्रति एल.पि लिटर १ हजार ८५३ रुपैयाँ र ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको भोड्का १ हजार २९० रुपैयाँ र प्रति एल.पि लिटर १ हजार ८४३ रुपैयाँ तोकिएको हो ।
भोडका भन्सार महशुल दर प्रतिलिटरमा १ हजार ५०० रुपैयाँ , ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी भोड्का २ हजार रुपैयाँ, ४२.८ प्रतिशत अल्कोलहको मात्र भएको भोड्का २ हजार रुपैयाँ तोकिएको छ । भोड्काको भन्सार महशुल दर प्रतिलिटरमा प्रति एल.पि लिटर मात्रा भएको तयारी भोड्का २ हजार रुपैयाँ , ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको भोड्का १ हजार २९० रुपैयाँ र प्रति एल.पि लिटर १ हजार ८४३ रुपैयाँ तोकिएको हो ।
सरकारले आवश्यकताको आधारमा मदिरमा करको दर हेरफेरको भन्सार विभागका निर्देशक किशोर बर्तौलाले बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् मदिराजन्य पदार्थमा अन्तशुल्क परिवर्तन गरेको हो भने भन्सारदर पनि यसअघि कै कायम राखेको बर्तौलाको भनाई छ ।
यसैगरी सरकारले पानी, खनिज पानी र वायु प्रवाहित पानी समेत, चिनी वा अन्य गुलियो पार्ने पदार्थ हालेको वा स्वदिष्ट बनाइएको ५ प्रतिशत अल्कोहल रहित बियर प्रतिलिटर ९० रुपैयाँ, इनर्जी ड्रिक्स १२० प्रतिलिटर हल्का पेयपदार्थमा ६० रुपैयाँ, माल्टाबाट बनाइएको बियरहरु मध्ये ५ प्रतिशत अल्कोहल भएमा २५५ रुपैयाँ, ५ प्रतिशत भन्दा बढी अल्कोहल भए २५५ रुपैयाँ अन्तशुल्क तोेकेको छ ।
त्यस्तै ताजा अङ्गुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको वाइन समेत र अङ्गुरको काँचो रसभएका वाइनहरु मध्ये १२ प्रतिशतसम्म अल्कोहल भएमा ४९० रुपैयाँ, १२ प्रतिशत भन्दा बढी १७ प्रतिशतसम्म ४९० रुपैयाँ, १७ प्रतिशत भन्दा बढी अल्कोहल भएमा ५७० रुपैयाँ तोकिएको छ । खमिरीकृत (फर्मेण्टेड) पेय पदार्थहरू (उदाहरणका लागि साइडर, पेरी, मिड, साके आदि); किण्वित पेय पदार्थका मिश्रणहरू तथा किण्वित पेय पदार्थ र अल्कोहलरहित पेय पदार्थका मिश्रणहरू, अन्यत्र उल्लेख वा समावेश नभएका छयाङ् (कन्ट्री बियर) ५० रुपैयाँ, सेम्पेन, साइडर ४९० रुपैयाँ, सेरी, मिड र पेरीमा पनि ४९० रुपैयाँ र सोकमा ५४० रुपैयाँ अन्तशुल्क तोकिएको छ ।
१७ प्रतिशतभन्दा बढी अल्कोहल भएका जडिबुटी मिश्रीत मदिरा, कक्टेल मदिराहरुश्रमा ५७० रुपैयाँ अन्तशुल्क र आयतको हिसाबाले ८० प्रतिशत वा सोभन्दा उच्च अल्कोहल शक्ति भएको अविकृत इथाइल अल्कोहल भएको मदिरमा पनि कर लगाइएको छ ।


