काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार पनि सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ थियो।
यस दिन चाँदी भने ३५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ थियो।


