काठमाडौं । विषोको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप जुन १२ देखि अमेरिकामा सुरु हुँदैछ र यो वर्ष विभिन्न कारणहरुले गर्दा आफ्ना अघिल्ला प्रतियोगिताहरु भन्दा धेरै फरक देखिनेछ।
यस वर्ष इतिहासमै पहिलो पटक विश्वकप तीनवटा देशहरुमा खेलिनेछ। सन् १९३० मा यसको सुरुवात भएदेखि यो प्रतियोगिता परम्परागत रुपमा एउटै देश भित्र आयोजना गरिँदै आएको छ, यद्यपि यसअघि एक पटक दुई देशले संयुक्त रुपमा आयोजनाको जिम्मेवारी बाँडेका थिए। सन् २००२ मा दक्षिण कोरिया र जापान दुवैले विश्वकप खेलहरु आयोजना गरेका थिए।
२०२६ को विश्वकप २०२२ को तुलनामा धेरै देशहरु बढेको छ र अमेरिकाले सन् १९९४ मा आयोजना गर्दाको भन्दा यो दोब्बर ठूलो छ। ३२ टोलीको यो प्रतियोगिता अब ४८ टोलीको भएको छ, जसका कारण धेरै देशहरुले यस प्रतियोगिताका लागि छनोट हुने अवसर पाएका छन्। जोर्डन, उज्वेकिस्तान, कुरासाओ र केप भर्डे जस्ता टोलीहरु पहिलो पटक विश्वकपमा डेब्यु गर्दैछन् भने स्कटल्याण्ड र नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किएका छन् र हाइटी सन् १९७४ पछि पहिलो पटक मैदानमा देखिँदैछ।
त्यस्तै, टोलीहरु बढेसँगै नकआउट चरणका खेलहरु पनि रोमान्चक हुनेछन्। ३२ टोली सहभागी हुने विश्वकपको ढाँचामा नकआउट चरणमा पुग्ने प्रक्रिया निकै सरल थियो। समूह चरणमा चार-चार टोलीका आठ समूहहरु हुन्थे र प्रत्येक समूहका शीर्ष दुई टोलीहरु १६ टोलीको नकआउट चरणमा प्रवेश गर्थे। तर प्रतियोगितामा १६ टोली थपिएर ठूलो भएसँगै नकआउट चरणको आकार पनि दोब्बर भएर ३२ टोलीको पुगेको छ। समग्रमा, यस प्रतियोगितामा जम्मा १०४ खेलहरु हुनेछन्। सन् २०२२ को विश्वकपमा ६४ वटा खेलहरु मात्र भएका थिए।
अहिले चार-चार टोलीका १२ वटा समूहहरु बनाइएका छन् र प्रत्येक टोलीले कम्तीमा तीनवटा खेलहरु खेल्ने क्रम जारी रहनेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीहरु अझै पनि अर्को चरणमा पुग्नेछन्, तर ‘राउन्ड अफ ३२’ का बाँकी अन्तिम आठ स्थानहरु ती १२ समूहका तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीहरुद्वारा पूरा गरिनेछ। तेस्रो स्थानमा रहने टोलीहरु पनि नकआउट चरणमा पुग्न पाउने र ‘राउन्ड अफ ३२’ का ती अन्तिम आठ स्थानहरुका लागि गोल अन्तर मुख्य टाइब्रेकर हुनेछ।
२०२६ को विश्वकपको समूह चरणको खेल जेठ २१ गतेदेखि असार १४ गतेसम्म हुनेछ। पहिलो खेलमा मेक्सिको विरुद्ध दक्षिण अफ्रिका जेठ २९ (जुन १२) मा ओपनिङ खेल हुनेछ।
इरानी प्रतिनिधिमण्डलमाथि कडा निगरानी राख्ने
अमेरिकाले विश्वकपका लागि आउने इरानी प्रतिनिधिमण्डलमाथि कडा निगरानी राख्ने जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबिओले क्यापिटल हिलमा आयोजित संसदीय सुनुवाइका क्रममा इरानी टोलीसँगै आउने प्रतिनिधिहरूको पृष्ठभूमि र गतिविधिमाथि नजिकबाट निगरानी गरिने बताएका हुन्।
रूबिओले इरानी खेलाडी तथा प्राविधिक टोलीप्रति अमेरिकाको कुनै आपत्ति नरहेको स्पष्ट पारे। उनले भने, “खेलाडी वा उनीहरूको सहयोगी टोलीसँग हामीलाई कुनै समस्या छैन। तर खेलकुदसँग सम्बन्ध नभएका र इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) सँग आबद्ध व्यक्तिहरू प्रतिनिधिमण्डलमा नरहोस् भन्ने हाम्रो चासो हो। त्यसबारे हामी सूक्ष्म निगरानी गर्नेछौं।”
आगामी साता अमेरिकामा सुरु हुने विश्वकपअघि इरानी टोलीले अझै अमेरिकी भिसा प्राप्त गरिसकेको छैन। यद्यपि रूबिओका अनुसार इरानी टोलीले अमेरिकाको सट्टा मेक्सिकोमा बस्ने निर्णय गरेको छ।
समूह चरणका खेलहरु यस प्रकार रहेका छन्:
समूह ए (GROUP A) : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेकिया ।
- जेठ २९, शुक्रबार (जुन १२) | राति १२:४५ बजे : मेक्सिको विरुद्ध दक्षिण अफ्रिका (एस्टाडियो एज्टेका, मेक्सिको सिटी)
- जेठ ३०, शनिबार (जुन १३) | बिहान ७:४५ बजे : दक्षिण कोरिया विरुद्ध चेकिया (एस्टाडियो एक्रोन, ग्वाडालजारा)
- असार ४, बिहीबार (जुन १८) | राति ९:४५ बजे : चेकिया विरुद्ध दक्षिण अफ्रिका (मर्सिडीज-बेन्ज स्टेडियम, एट्लान्टा)
- असार ५, शुक्रबार (जुन १९) | बिहान ६:४५ बजे : मेक्सिको विरुद्ध दक्षिण कोरिया (एस्टाडियो एक्रोन, ग्वाडालजारा)
- असार ११, बिहीबार (जुन २५) | बिहान ६:४५ बजे : चेकिया विरुद्ध मेक्सिको (एस्टाडियो एज्टेका, मेक्सिको सिटी)
- असार ११, बिहीबार (जुन २५) | बिहान ६:४५ बजे : दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया (एस्टाडियो बीबीभीए, मोन्टेरे)
समूह बी (GROUP B) : क्यानडा, बोस्निया र हेर्जेगोभिना, कतार , स्विट्जरल्याण्ड
- जेठ ३०, शनिबार (जुन १३) | राति १२:४५ बजे : क्यानडा विरुद्ध बोस्निया र हेर्जेगोभिना (बीएमओ फिल्ड, टोरन्टो)
- जेठ ३१, आइतबार (जुन १४) | बिहान १२:४५ बजे : कतार विरुद्ध स्विट्जरल्याण्ड (लेभिस स्टेडियम, सान्ता क्लारा)
- असार ५, शुक्रबार (जुन १९) | बिहान १२:४५ बजे : स्विट्जरल्याण्ड विरुद्ध बोस्निया र हेर्जेगोभिना (सोफाइ स्टेडियम, इङ्गलवुड)
- असार ५, शुक्रबार (जुन १९) | बिहान ३:४५ बजे : क्यानडा विरुद्ध कतार (बीसी प्लेस, भ्याकुभर)
- असार १०, बुधबार (जुन २४) | राति १२:४५ बजे : स्विट्जरल्याण्ड विरुद्ध क्यानडा (बीसी प्लेस, भ्याकुभर)
- असार १०, बुधबार (जुन २४) | राति १२:४५ बजे : बोस्निया र हेर्जेगोभिना विरुद्ध कतार (लुमेन फिल्ड, सियाटल)
समूह सी (GROUP C) : ब्राजिल , मोरक्को, हाइटी , स्कटल्याण्ड
- जेठ ३१, शनिबार (जुन १३) | बिहान ३:४५ बजे : ब्राजिल विरुद्ध मोरक्को (मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्ड)
- जेठ ३१, शनिबार (जुन १३) | बिहान ६:४५ बजे : हाइटी विरुद्ध स्कटल्याण्ड (जिलेट स्टेडियम, फक्सबोरो)
- असार ६, शनिबार (जुन २०) | बिहान ३:४५ बजे : स्कटल्याण्ड विरुद्ध मोरक्को (जिलेट स्टेडियम, फक्सबोरो)
- असार ६, शनिबार (जुन २०) | बिहान ६:१५ बजे : ब्राजिल विरुद्ध हाइटी (लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फिया)
- असार ११, बिहीबार (जुन २५) | बिहान ३:४५ बजे : स्कटल्याण्ड विरुद्ध ब्राजिल (हार्ड रक स्टेडियम, मियामी)
- असार ११, बिहीबार (जुन २५) | बिहान ३:४५ बजे : मोरक्को विरुद्ध हाइटी (मर्सिडीज-बेन्ज स्टेडियम, एट्लान्टा)
समूह डी (GROUP D) : संयुक्त राज्य अमेरिका ,पराग्वे,अष्ट्रेलिया र टर्किए
- जेठ ३१, शनिबार (जुन १३) | बिहान ६:४५ बजे : संयुक्त राज्य अमेरिका विरुद्ध पराग्वे (सोफाइ स्टेडियम, इङ्गलवुड)
- जेठ ३१, शनिबार (जुन १३) | बिहान ९:४५ बजे : अष्ट्रेलिया विरुद्ध टर्किए (बीसी प्लेस, भ्याकुभर)
- असार ६, शनिबार (जुन २०) | बिहान १२:४५ बजे : संयुक्त राज्य अमेरिका विरुद्ध अष्ट्रेलिया (लुमेन फिल्ड, सियाटल)
- असार ६, शनिबार (जुन २०) | बिहान ८:४५ बजे : टर्किए विरुद्ध पराग्वे (लेभिस स्टेडियम, सान्ता क्लारा)
- असार १२, शुक्रबार (जुन २६) | बिहान ७:४५ बजे : टर्किए विरुद्ध संयुक्त राज्य अमेरिका (सोफाइ स्टेडियम, इङ्गलवुड)
- असार १२, शुक्रबार (जुन २६) | बिहान ७:४५ बजे : पराग्वे विरुद्ध अष्ट्रेलिया (लेभिस स्टेडियम, सान्ता क्लारा)
समूह ई (GROUP E) : जर्मनी, कुरासाओ , आइभोरी कोस्ट र इक्वेडर
- असार १, सोमबार (जुन १४) | राति १०:४५ बजे : जर्मनी विरुद्ध कुरासाओ (एनआरजी स्टेडियम, ह्युस्टन)
- असार २, मंगलबार (जुन १५) | बिहान ४:४५ बजे : आइभोरी कोस्ट विरुद्ध इक्वेडर (लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फिया)
- असार ७, आइतबार (जुन २१) | बिहान १:४५ बजे : जर्मनी विरुद्ध आइभोरी कोस्ट (बीएमओ फिल्ड, टोरन्टो)
- असार ७, आइतबार (जुन २१) | बिहान ५:४५ बजे : इक्वेडर विरुद्ध कुरासाओ (एरोहेड स्टेडियम, कान्सास सिटी)
- असार १२, शुक्रबार (जुन २६) | बिहान १:४५ बजे : कुरासाओ विरुद्ध आइभोरी कोस्ट (लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फिया)
- असार १२, शुक्रबार (जुन २६) | बिहान १:४५ बजे : इक्वेडर विरुद्ध जर्मनी (मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्ड)
समूह एफ (GROUP F) : नेदरल्यान्ड्स , जापान , स्वीडेन र ट्युनिसिया
- असार २, मंगलबार (जुन १५) | बिहान १:४५ बजे : नेदरल्यान्ड्स विरुद्ध जापान (एटी एण्ड टी स्टेडियम, आर्लिंगटन)
- असार २, मंगलबार (जुन १५) | बिहान ७:४५ बजे : स्वीडेन विरुद्ध ट्युनिसिया (एस्टाディオ बीबीभीए, मोन्टेरे)
- असार ६, शनिबार (जुन २०) | राति १०:४५ बजे : नेदरल्यान्ड्स विरुद्ध स्वीडेन (एनआरजी स्टेडियम, ह्युस्टन)
- असार ७, आइतबार (जुन २१) | बिहान ९:४५ बजे : ट्युनिसिया विरुद्ध जापान (एस्टाडियो बीबीभीए, मोन्टेरे)
- असार १२, शुक्रबार (जुन २६) | बिहान ४:४५ बजे : जापान विरुद्ध स्वीडेन (एटी एण्ड टी स्टेडियम, आर्लिंगटन)
- असार १२, शुक्रबार (जुन २६) | बिहान ४:४५ बजे : ट्युनिसिया विरुद्ध नेदरल्यान्ड्स (एरोहेड स्टेडियम, कान्सास सिटी)
समूह जी (GROUP G) : बेल्जियम , इजिप्ट , इरान र न्युजिल्याण्ड
- असार २, मंगलबार (जुन १५) | राति १२:४५ बजे : बेल्जियम विरुद्ध इजिप्ट (लुमेन फिल्ड, सियाटल)
- असार ३, बुधबार (जुन १६) | बिहान ६:४५ बजे : इरान विरुद्ध न्युजिल्याण्ड (सोफाइ स्टेडियम, इङ्गलवुड)
- असार ७, आइतबार (जुन २१) | राति १२:४५ बजे : बेल्जियम विरुद्ध इरान (सोफाइ स्टेडियम, इङ्गलवुड)
- असार ८, सोमबार (जुन २२) | बिहान ६:४५ बजे : न्युजिल्याण्ड विरुद्ध इजिप्ट (बीसी प्लेस, भ्याकुभर)
- असार १३, शनिबार (जुन २७) | बिहान ८:४५ बजे : इजिप्ट विरुद्ध इरान (लुमेन फिल्ड, सियाटल)
- असार १३, शनिबार (जुन २७) | बिहान ८:४५ बजे : न्युजिल्याण्ड विरुद्ध बेल्जियम (बीसी प्लेस, भ्याकुभर)
समूह एच (GROUP H) : स्पेन, केप भर्डे , साउदी अरब र उरुग्वे
- असार १, सोमबार (जुन १५) | राति ९:४५ बजे : स्पेन विरुद्ध केप भर्डे (मर्सिडीज-बेन्ज स्टेडियम, एट्लान्टा)
- असार २, मंगलबार (जुन १६) | बिहान ३:४५ बजे : साउदी अरब विरुद्ध उरुग्वे (हार्ड रक स्टेडियम, मियामी)
- असार ७, आइतबार (जुन २१) | राति ९:४५ बजे : स्पेन विरुद्ध साउदी अरब (मर्सिडीज-बेन्ज स्टेडियम, एट्लान्टा)
- असार ८, सोमबार (जुन २२) | बिहान ३:४५ बजे : उरुग्वे विरुद्ध केप भर्डे (हार्ड रक स्टेडियम, मियामी)
- असार १३, शनिबार (जुन २७) | बिहान ५:४५ बजे : केप भर्डे विरुद्ध साउदी अरब (एनआरजी स्टेडियम, ह्युस्टन)
- असार १३, शनिबार (जुन २७) | बिहान ५:४५ बजे : उरुग्वे विरुद्ध स्पेन (एस्टाडियो एक्रोन, ग्वाडालजारा)
समूह आई (GROUP I) : फ्रान्स, सेनेगल, इराक र नर्वे
- असार ३, बुधबार (जुन १६) | राति १२:४५ बजे : फ्रान्स विरुद्ध सेनेगल (मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्ड)
- असार ३, बुधबार (जुन १६) | बिहान ३:४५ बजे : इराक विरुद्ध नर्वे (जिलेट स्टेडियम, फक्सबोरो)
- असार ९, मंगलबार (जुन २३) | बिहान २:४५ बजे : फ्रान्स विरुद्ध इराक (लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फिया)
- असार ९, मंगलबार (जुन २३) | बिहान ५:४५ बजे : नर्वे विरुद्ध सेनेगल (मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्ड)
- असार १२, शुक्रबार (जुन २६) | राति १२:४५ बजे : नर्वे विरुद्ध फ्रान्स (जिलेट स्टेडियम, फक्सबोरो)
- असार १२, शुक्रबार (जुन २६) | राति १२:४५ बजे : सेनेगल विरुद्ध इराक (बीएमओ फिल्ड, टोरन्टो)
समूह जे (GROUP J) : अर्जेन्टिना, अल्जेरिया , अस्ट्रिया र जोर्डन
- असार ३, बुधबार (जुन १६) | बिहान ६:४५ बजे : अर्जेन्टिना विरुद्ध अल्जेरिया (एरोहेड स्टेडियम, कान्सास सिटी)
- असार ३, बुधबार (जुन १६) | बिहान ९:४५ बजे : अस्ट्रिया विरुद्ध जोर्डन (लेभिस स्टेडियम, सान्ता क्लारा)
- असार ८, सोमबार (जुन २२) | राति १०:४५ बजे : अर्जेन्टिना विरुद्ध अस्ट्रिया (एटी एण्ड टी स्टेडियम, आर्लिंगटन)
- असार ९, मंगलबार (जुन २३) | बिहान ८:४५ बजे : जोर्डन विरुद्ध अल्जेरिया (लेभिस स्टेडियम, सान्ता क्लारा)
- असार १४, आइतबार (जुन २८) | बिहान ७:४५ बजे : जोर्डन विरुद्ध अर्जेन्टिना (एटी एण्ड टी स्टेडियम, आर्लिंगटन)
- असार १४, आइतबार (जुन २८) | बिहान ७:४५ बजे : अल्जेरिया विरुद्ध अस्ट्रिया (एरोहेड स्टेडियम, कान्सास सिटी)
समूह के (GROUP K) : पोर्चुगल , प्रजातान्त्रिक गणतन्त्र कङ्गो , उज्वेकिस्तान र कोलम्बिया
- असार ३, बुधबार (जुन १७) | राति १०:४५ बजे : पोर्चुगल विरुद्ध डिआर कङ्गो (एनआरजी स्टेडियम, ह्युस्टन)
- असार ४, बिहीबार (जुन १८) | बिहान ७:४५ बजे : उज्वेकिस्तान विरुद्ध कोलम्बिया (एस्टाडियो एज्टेका, मेक्सिको सिटी)
- असार ९, मंगलबार (जुन २३) | राति १०:४५ बजे : पोर्चुगल विरुद्ध उज्वेकिस्तान (एनआरजी स्टेडियम, ह्युस्टन)
- असार १०, बुधबार (जुन २४) | बिहान ७:४५ बजे : कोलम्बिया विरुद्ध डिआर कङ्गो (एस्टाडियो एक्रोन, ग्वाडालजारा)
- असार १४, आइतबार (जुन २८) | बिहान ५:१५ बजे : कोलम्बिया विरुद्ध पोर्चुगल (हार्ड रक स्टेडियम, मियामी)
- असार १४, आइतबार (जुन २८) | बिहान ५:१५ बजे : डिआर कङ्गो विरुद्ध उज्वेकिस्तान (मर्सिडीज-बेन्ज स्टेडियम, एट्लान्टा)
समूह एल (GROUP L) : इङ्गल्याण्ड , क्रोएसिया , घाना र पानामा
- असार ४, बिहीबार (जुन १७) | बिहान १:४५ बजे : इङ्गल्याण्ड विरुद्ध क्रोएसिया (एटी एण्ड टी स्टेडियम, आर्लिंगटन)
- असार ४, बिहीबार (जुन १७) | बिहान ४:४५ बजे : घाना विरुद्ध पानामा (बीएमओ फिल्ड, टोरन्टो)
- असार १०, बुधबार (जुन २४) | बिहान १:४५ बजे : इङ्गल्याण्ड विरुद्ध घाना (जिलेट स्टेडियम, फक्सबोरो)
- असार १०, बुधबार (जुन २४) | बिहान ४:४५ बजे : पानामा विरुद्ध क्रोएसिया (बीएमओ फिल्ड, टोरन्टो)
- असार १४, आइतबार (जुन २८) | बिहान २:४५ बजे : पानामा विरुद्ध इङ्गल्याण्ड (मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्ड)
- असार १४, आइतबार (जुन २८) | बिहान २:४५ बजे : क्रोएसिया विरुद्ध घाना (लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फिया)
त्यस्तै, फिफाले जनाए अनुसार २०२६ फिफा विश्वकपको नकआउट चरण अन्तर्गत राउन्ड अफ ३२ का खेलहरु असार १४ देखि २० गतेसम्म (जुन २८ – जुलाई ४) हुनेछन्। राउन्ड अफ १६ का खेलहरु असार २० देखि २४ गतेसम्म (जुलाई ४ – ८) हुनेछन्। सेमिफाइनल खेलहरु असार ३१ र साउन १ गते (जुलाई १४ – १५) डलास र एटलान्टामा हुनेछन् भने तेस्रो स्थानको खेल साउन ४ गते (जुलाई १८) मियामीमा हुनेछ। विश्वकपको फाइनल खेल भने साउन ५ गते (जुलाई १९) न्यू जर्सीको मेटलाइफ स्टेडियममा आयोजना हुनेछ।
साथै, फिफाले यस विश्वकपदेखि लागू हुने गरी केही नयाँ नियमहरू पनि ल्याएको छ। विस्तृत विवरणका लागि लिङ्कमा क्लिक गर्नुहोस्।


