काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा शुक्रबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न गरेको छ ।
AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डका विद्युतिय सवारी साधनको सहभागितामा र्याली सम्पन्न भएको थियो । नाडाको सचिवालय टेकुदेखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल – पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो ।
उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्वयष् शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गरेका थिए ।
सो प्रमाणपत्र वितरण कार्यक्रमको सचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । “नाडा ग्रीन ड्राइभ २०२६” ¥याली कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने सम्पूर्णलाई नाडाले आभार व्यक्त गरेको छ ।


