काठमाडौं । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८३ साल जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; कोशी २०० वटा, मधेश २५० वटा, गण्डकी २०० वटा, लुम्बिनी २०० वटा, कर्णाली २०० वटा र सुदूरपश्चिम २०० वटा गरी कुल १५०० वटा वृक्षारोपण गरिएको छ ।
यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बुढानीलकण्ठ वडा कार्यालय – १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरू को सहभागिता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन एंव समुदायिक विद्यालयमा सहयोगहरु समेत गरिसकेको छ ।


