काठमाडौं । शेयर बजार खुलेको पहिलो दिन सोमबार दोहोरो अंकले घटेको छ । सोमबार २०.२७ अंकले घटेर नेप्से परिसूचक २७३५.१४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेर ४६९.३७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८९ अंकले घटेको हो ।
सोमबार कारोबार रकम ४ अर्ब ८ करोड ४८ लाख पुगेको छ । यसदिन ३५६ वटा कम्पनीको ९२ लाख ३६ हजार कित्ता शेयर कारोबार भयो ।
यसदिन १३ उपसमूह मध्ये १ बढेको छ भने १२ घटेको छ ।
वित्त ७ अंकले बढ्दा अन्य बाँकी समूह, बैंकिङ ७, विकास बैंक ६१, होटल र पर्यटन ५६, जलविद्युत ३७, लगानी ०.३८, जीवन बीमा ६९, उत्पादन र प्रशोधन ४९, लघुवित्त २५, म्युअुचल फण्ड ०.१३, निर्जीवन बीमा ९६, व्यापार ६३ र अन्य समूह ३१ अंकले अंकले घटेको छ ।
सोमबार ४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा कान्चिोेक हाइड्रोपावर क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स हुँदा सर्वाधिक गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थ, सप्तकोशी हाइ८«ोपावर र सानिमा बैंक म्युअचल फण्ड बन्यो ।


