सेयर बजारमा उछाल : नेप्से २६ सय माथि, कारोबार रकम १६ अर्ब

काठमाडौं । मौद्रिक नीति पछिको पहिलो दिन सेयर बजारमा अत्याधिक बढेको छ । दोस्रो सर्किट लागेर सम्हालेको सेयर बजार शतप्रतिशतले बढेको हो । साताको पहिलो दिन करोबार मापन गर्ने नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आइतबार ३१८ वटा कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ रह्यो । बजार पूँजीकरण रकम भने ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ रह्यो ।

आइतबार १३ वटा समूह सूचकहरु मध्ये १२ वटा समूहको सेयर मूल्य बढ्दा १ वटा समूहको सेयर मूल्य घटेको छ । आइतबार बैकिङ १४१.७६, विकास बैंक २४५.९२, वित्त ३८.३८, होटल र पर्यटन ३१.११, जलुविद्युत २६.३२, लगानी ५.३०, जीवन बीमा ५१९.२७, उत्पादन र प्रशोधन १३४.७१,म्युअुचल फण्ड ०.२९, निर्जिवन बीमा ३४५.४६, व्यापार ९९.३० र अन्य समूह ५९.८६ अंकले बढेको छ भने लघुवित्त १०.०६ अंकले घटेको हो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा कुमारी बैंक लिमिटेड, एनआइसी एशिया, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, शिवम सिमेन्ट र हाथवेय इन्भेष्टमेन्ट लिमिटेड रह्यो । कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख रुपैयाँ, एनआइसी एशियाको ३४ करोड ८१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड २५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३२ करोड २२ लाख रुपैयाँ र हाथवेय इन्भेष्टमेन्ट लिमिटेडको २७ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार