CLI

घोराही सिमेन्टको लक इन अवधि असार ३१ गते सकिने

काठमाडौं ।घोराही सिमेन्ट इण्डष्ट्रीको संस्थापक समूह तथा कम्पनीको कर्मचारीहरुलाई र  प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि छुट्टाइएको सेयरको लक इन अवधि असार ३१ गते सकिने भएको छ ।

कम्पनिको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्त सेयरको लक-इन अवधि सकिना लागेको हो ।  हाल कम्पनीको संस्थापकहरुको ४ करोड १  लाख ९५ हजार ६३४  कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको २४ हजार ७०५ कित्ता ‍र कर्मचारीहरुको ९७ हजार ७७२ कित्ता सेयर लक-इन मा राखिएको छ ।

यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

Leave Your Comment

Related News