CLI

९ वर्ष पछि काठमाडौंमा मेट्रोरेलको विकास गर्ने तयारी , करिब ३ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले ९ वर्ष पछि पुनः काठमाडौंमा मेट्रोरेल विकास गर्ने भन्दै बजेट विनियोजन गरेको छ । काठमाडौंमा रेल, मनोरेल अझै विशेषगरी मेट्रोरेल विकास गर्ने भनि आगामी आर्थिक वर्षका लागि २ अर्ब ७९ करोड ६८ लाख रकम विनियोजन गरेको छ । उक्त रकम खर्च गर्नुपर्ने दायित्व रेल, मेट्रोरेल तथा मोनोरले विकास अयाोजना, काठमाडौं माथि रहेको छ ।

सन् २०१७ मा काठमाडौंमा मेट्रोरेल परियोजनाको प्रस्ताव आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालमा उक्त परियोजना प्रस्ताव आएको थियो । प्रधानमन्त्री लगानी बोर्डको अध्यक्ष समेत रहने व्यवस्था रहेको कारण दाहालको अध्यक्षतमा बसेको बोर्डको बैठकले उपत्यकमा मेट्रो रेल सञ्चालनका लागि ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति बनाई अध्ययन गर्ने निर्देशन दिइएको थियो । तर अपेक्षितरुपमा काम अघि बढ्न नसक्दा मेट्रो परियोजना अधुरो रहन गयो । लगानी बोर्डले मेट्रो रेल परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड लगानी प्रक्षेपण गरेको थियो । उक्त मेट्रो रेलको दुरी ७७.२८ किलोमिटर तय गरिएको थियो । तर सोही वर्ष लगानी सम्मेलनमार्फत् काठमाडौंमा मेट्रोरेल सञ्चालनको लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव गरिएको थियो । उक्त परियोजना अनुरुप रेल सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्मको १२.१० किलो मिटर प्रस्ताव गरिएको थियो । किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्म ११.५ किलोमिटर प्रस्ताव गरिएको थियो ।

सरकारले काठमाडौंमा मेट्रोरल तथा मनोरेलको परिकल्पना गरेको धेरै वर्ष पछि यो काम अघि बढ्न लागेको हो । सरकारले काठमाडौंमा रेल विकासको लागि बजेट विनियोजन गरेको हुँदा सो बजेट कार्यान्वयनमा जाने रेल विभागका प्रवक्ता कमल कुमार साहले बताए । ‘काठमाडौंमा रेलको विकास गर्ने भनेका धेरै वर्ष भइसक्यो तर काम अघि बढ्न सकेको थिएन यो वर्ष बजेट पनि छ र यो परियोजनाको आवश्यकता पनि रहेको हु्ँदा अघि बढ्ने छ,’ उनले इक्विटी नेपालसँग भने,‘ बजेट खर्चको क्रममा परामर्शदाता आवश्यक पर्ने हुँदा त्यसका लागि बोलपत्र समेत आह्वान गरेका छौं ।’

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले जेठ १ गते सूचना जारी गर्दै रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेका थियो । अयोाजनाले काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाताको लागि बालेपत्र आह्वान गरेको थियो ।

यस्तो छ बोलपत्रमार्फत् तय गरिएको मापदण्ड :

निकाय: रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना  मिति: १५ मे २०२६, साँझ ६:५० बजे

आयोजनाको नाम: काठमाडौं उपत्यकाभित्र नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (२७.५ किलोमिटर) रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य

नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (२७.५ किलोमिटर) रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यको लागत व्यहोर्न बजेट विनियोजन गरेको छ। उक्त रकमबाट योग्य भुक्तानी गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय परामर्श सेवा खरिदका लागि रुचिपत्र (EOI) आह्वान गरिएको छ।

१. परामर्श सेवाको विवरण

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले योग्य परामर्शदाता संस्था (Consulting Firms) हरूबाट निम्न सेवा प्रदान गर्न रुचिपत्र माग गरेको छः

काठमाडौं उपत्यकाभित्र नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (२७.५ किलोमिटर) रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य।

२. थप जानकारी प्राप्त गर्ने स्थान

इच्छुक तथा योग्य परामर्शदाता संस्थाहरूले कार्यालय समयभित्र निम्न ठेगानाबाट निःशुल्क रूपमा थप जानकारी तथा EOI कागजात प्राप्त गर्न सक्नेछन्:

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना
काठमाडौं, काठमाडौं
बागमती प्रदेश, नेपाल

वा निम्न वेबसाइटहरूमा समेत जानकारी प्राप्त गर्न सकिनेछः e-GP प्रणाली डिओआरडब्लुआर वेबसाइट कागजात प्राप्त गर्ने अन्तिम मिति: १५ जुन २०२६, दिउँसो १२:०० बजे

३. संयुक्त रूपमा आवेदन

परामर्शदाता संस्थाहरूले आफ्नो योग्यता अभिवृद्धि गर्न अन्य परामर्शदाता संस्थासँग संयुक्त रूपमा (Association/Joint Venture) आवेदन दिन सक्नेछन्।

४. रुचिपत्र पेश गर्ने तरिका

रुचिपत्र (EOI) अनिवार्य रूपमा अनलाइनमार्फत e-GP प्रणालीमा पेश गर्नुपर्नेछ।

पेश गर्ने अन्तिम मिति: १५ जुन २०२६, दिउँसो १२:०० बजे

यदि अन्तिम मिति सार्वजनिक बिदामा परेमा त्यसपछिको पहिलो कार्यदिवसलाई अन्तिम मिति मानिनेछ, तर समय भने यथावत रहनेछ।

५. मूल्याङ्कन आधार

रुचिपत्रको मूल्याङ्कन निम्न आधारमा गरिनेछः

योग्यता (Qualification) – ५० प्रतिशत
अनुभव (Experience) – ४० प्रतिशत
क्षमता (Capacity) – १० प्रतिशत

मूल्याङ्कनपछि छनोट सूची (Shortlist) मा परेका संस्थाहरूलाई मात्र प्राविधिक तथा वित्तीय प्रस्ताव पेश गर्न प्रस्ताव आह्वान (Request for Proposal – RFP) गरिनेछ।

६. न्यूनतम उत्तीर्ण अंक

रुचिपत्र मूल्याङ्कनमा उत्तीर्ण हुन न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ।

यसका अलवा मन्त्रालयले आर्थिक वर्ष २०८३–०८४ मा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाको लागि कुल ३ अर्ब ७ करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले तीन वटा रेल आयोजना तथा कार्यालयका लागि उक्त रकम विनियोजन गरकेो हो ।

मन्त्रालयका अनुसार काठमाडौंका लागि २ अर्ब ७९ करोड ३८ लाख ,रेल योजना कार्यालय, झापालाई ५ करोड, रेल योजना कार्यालय, सर्लाहीका लागि २३ करोड बजेट विनियोजन गरेको छ । काठमाडौंमा रेल, मेट्रोरेल तथा मोनोरेल विकास गर्न सबै भन्दा धेरै रकम राखिएको छ भने अन्यलाई कम रकम राखिएको हो ।

 

Leave Your Comment

Related News