काठमाडौं । विहीबार नेप्से परिसूचक (नेप्से) ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको छ । ३५० वटा कम्पनीको ९२ लाख २३ हजार २१६ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
जुन बुधबारको तुलनामा ३९ करोड १२ लाख रुपैयाँले कम हो । बुधबार कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स १.०९ अंकले घटेर ४६७.६२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३५ अंकले र फोल्ट इन्डेक्स ०.४२ अंकले घटेको छ ।
यस दिन ११ उप समूह घटेका छन भने २ वटा उप समूह बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत घटेको छ भने । होटल्स तथा पर्यटन समूह ०.१८ र उत्पादन र प्रशोधन ०.२६ प्रतिशतले बढेको छ
।


