RE
Global College

हाम्रो नयाँ कृषि सहकारी र कृषि विकास बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नामावली सार्वजनिक (सुचिसहित)

काठमाडौं । नेपाल सरकारबाट समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ र ‘कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का ऋणीहरुको नामावली सार्वजनिक गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०८३ वैशाख २३ गतेको निर्णयानुसार यो नामावली सार्वजनिक गरेको हो। समितिले हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरुको नाम सार्वजनिक गरेको छ।

साथै, समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको हुनाले साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीहरुलाई स-प्रमाण उपस्थित हुन अनुरोध गरिएको छ।

त्यसैगरी, हालसम्म ऋण नतिरी बसेका ऋणीहरुले यस समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्नुपर्नेछ; अन्यथा कानुनबमोजिम रकम असुली प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

ऋणीहरुको नामावली

NECO

Leave Your Comment

Related News