CLI

जलशक्ति हाइड्रो कम्पनी लिमिटेडको स्थगित साधारणसभा असार २२ गते, के के छन् एजेण्डा ?

काठमाडौं । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गतेका लागि ११ औँ साधारणसभा गर्ने निर्णय गरेको हो ।

यस अघि जेठ २९ गतेका लागि बोलाएको साधारणसभा स्थगित भएको थियो । उक्त सभा विशेष कारणले स्थगित भएको कम्पनीले जनाएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय महाराजगंज काठमाडौंमा विहान साढे १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

छलफलका लागि प्रस्तावित विषयहरु :

(क) सामान्य प्रस्तावहरु :
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।

(३) आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने । (४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने ।

(५) विविध ।

(ख) विशेष प्रस्तावहरुः

(१) कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।

(२) कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा सो सम्बन्धमा थपघट गर्न संचालक समितिलाई अख्तियारी दिने ।

(३) कम्पनीको ऋण, जमानी तथा लगानी सम्बन्धमा ।

(ग) विविध

Leave Your Comment

Related News